janayatra

जेन जी आन्दोलनमा हुने धोका विरुद्ध १० राजनीतिक पार्टीको संयुक्त विज्ञप्ति

Author जनयात्रा शुक्रबार, २७ भदौ २०८२

views
जेन जी आन्दोलनमा हुने धोका विरुद्ध १० राजनीतिक पार्टीको संयुक्त विज्ञप्ति

नेपाल-भाद्र २३ गते जेन जी सहितको जनविद्रोहले सिङ्गो देशलाई हल्लाई दिएको थियो । उक्त विद्रोहले विद्यमान व्यवस्थाका सवै अङ्गलाई धरासायी वनाएको छ । न्यायपालीका, कार्यपालीका र व्यवस्थापीका लगाएतका सयौँ भौतिक संरचना ध्वस्त भएका छन् भने प्रधान मन्त्रि केपी वली वालुवाटार छोडेर भाग्न वाध्य भए । ठुला नेताहरुका निवास जलेर खाग बनेकाछन् । हाल सम्म आन्दोलनमा ५१ जनाले ज्यान गुमाएका मध्य ४१ जनाको सनाखत भएको अधिकारीहरुले वताएकाछन् । जेन जी आन्दोलनका मुख्य मुद्दा ओझेलमा पार्ने सडयन्त्र भएको भन्दै १० राजनीतिक पार्टीहरुले २६ गते संयुक्त प्रेस विज्ञप्ति निकालेर विरोध जनाएकाछन् । संयुक्त विज्ञप्तिमा २७ गते आन्दोलनका योद्धाहरुको सम्झनामा देशैभरी दिप प्रज्वलन गर्ने २८ गते विरोध सभा गर्ने र २९ गते अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।विज्ञप्तिमा भनिएको छ भ्रष्टाचार, कुशासन, एकाधिकारवाद जस्ता निरङकुशवादी प्रवृत्तिको अन्त्य गरी राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ती, समृद्धि र स्वाधिनता स्थापना गर्न ऐतिहासिक, अद्वितिय र विशिष्ट आन्दोलनको रुपमा अगि बढेको थियो । विगत लामो समयदेखि हामी कम्युनिष्ट पार्टीहरुले देशका यावत समस्या अन्त्य गर्नका लागि संघर्ष गर्दा पनि सरकार अझ बढी जनविरोधी हुँदै गएपछि यसप्रकारको आन्दोलन अनिवार्य भएको थियो । भदौ २४ गते जसरी सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संरचना खरानी बनाईयो, राष्ट्रिय सम्पत्ति र दस्तावेज खरानी पारियो त्यो सबै हेर्दा जेन–जीको अग्रगामी नेतृत्व पश्चगामी षड्यन्त्रबाट अपहरण गरिएको स्पष्ट भयो ।  पूँजीवादी व्यवस्थाको शोषण उत्पीडनले अत्याधिक प्रताडित जेनजी, अथवा नेपाली समाजको सबै जेनेरेशनको आवस्यकता पश्चगमन र यथास्थिति होईन, व्यापक राजनीतिक, आर्थिक, सामाजिक, पुनर्सरचना सहितको आधुनिक नेपाल निर्माण हो । वर्तमान राजनीतिक गतिरोधको अन्त्य गरी जेनजीले उठाएका वास्तविक मुद्धा सम्बोधन गर्न र नयाँ आधारमा जनताका लागि देशका बहुसंख्यक श्रमजीवी, सर्वहारा, उत्पीडित जनताको भलाई गर्ने जेनजी सहितको मजदुर किसान, सेना, प्रहरी,  बुद्धिजीवी, देशभक्त, जनवादी, क्रान्तिकारी, प्रगतिशीलहरुको स्वाधीन अन्तरिम संयुक्त सरकार निर्माण आवस्यक भएको छ । नेपाली जनताको लामो आन्दोलनबाट प्राप्त भएका सिमित अधिकार सहितको नागरिक सर्वोच्चता अपहरण भएको वर्तमान राजनीतिक परिस्थिति अन्त्य गर्न राजनीतिमा उदियमान नयाँ पुस्ताको नेतृत्व निरन्तर आईरहने नीति र विधि सुनिश्चित गर्ने बाटोमा अगिबढ्न स्वाधीन अन्तरिम संयुक्त सरकार निर्माणका लागि देशभक्त, जनवादी, क्रान्तिकारी, शक्तिहरुमा हामी हार्दिक अपिल गर्दछौ । मुक्ति संयोजक रहेको ग्रेटर नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) - धर्मेन्द्र बास्तोला “कन्चन”  वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल - आहुति नेपाल कम्युनिष्ट पार्टी  - बसन्त बोगटी अखिल नेपाल कम्युनिष्ट पार्टी - नारायण शर्मा “ समाजवादी कम्युनिष्ट पार्टी नेपाल - पूर्ण बहादुर सिंह "समरजंग" श्रमिक जनता पार्टी नेपाल - दुर्गा बराइली “संघर्ष” वसन्त  नेकपा (बिद्रोही) – विके सिंङ नेपाली,  नेकपा (क्रान्तिकारी) - अरुण घिसिङ रेडफोर्स नेपाल - मार्शल रहेकाछन् । फोटो अनलाइन खवर वाट ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC