ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको जनतालाई ८ वुदे विशेष अपिल
नेपाल-यहि भाद्र २३ गते युवा हरुले गरेको शान्तिपुर्ण प्रदर्शनमा सरकारले व्यापक दमन गरेपछी त्यस विरोध यतिवेला देशव्यापी भइरहेको छ । यहि भाद्र २४ गते ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको आकस्मिक रुपमा वसेको ८ औँ स्थायी समिति वैठकले पछिल्लो चरण विग्रिदो देशको अवस्थालाई निकास दिने गरि आम जनसमुदायलाई ८ वुदे अपिल गरेको छ । पार्टी संयोजक क.मुक्तिको हस्ताक्षर भएको अपिलमा सो विषय सार्वजनिक गरिएको छ । पार्टीले सार्वजनिक गरेको अपिलमा भनिएको छ देश कठिन घडिमा छ । देशद्रोही जनविरोधी शासक प्रशासकले गर्दा देशको अवस्था विग्रिएको अव नेपाली जनताले त्यसको सहि हिसाब गरेर विकल्प खोज्ने वेला भएको वताइएको छ । पार्टीले २३ गतेलाई युवा जनविद्रोह दिवसको रुपमा मनाउन र मृतकलाई राष्ट्रिय शहिद घोषणा गर्नुपर्ने घाइतेको उपचार निशुल्क गर्नुपर्ने । वन्दिलाई सम्मान पुर्वक रिहा गर्नुपर्ने माग गरेको छ । पटक पटक नेपाली जनताले संघर्ष र वलिदान गर्ने तर त्यसको फाइदा विदेशी दलाल र तिनका दलाल राजनीतिक नेताहरुले लिने गरेकाले त्यसवाट सचेत रहन जनतालाई अपिल गरिएको छ । पार्टीले देशलाई पुरै स्वाधिन वनाउन सुगौैली सन्धि गोर्खा भर्ति र १९५० को सम्झौता लगाएतका सवै देशद्रोही जनविरोधि सन्धि सम्झौता तुरुन्त खारेज गर्नुपर्ने वताएको छ । देशलाई तत्काल निकास दिन पार्टीले नागरीक अन्तरीम सरकार घोषणाको माग गरेको छ । युवा जनविद्रोहमा उठेको मुख्यमाग जनताको प्रत्यक्ष शासन भएकाले पार्टीले मौजुदा संसदिय राज्यव्यवस्थाको विघठन गरेर जनताको प्रत्यक्ष जनवादी राज्यव्यवस्था गठन गर्नुपर्ने वताएको छ । राणा शासन देखी यताका सवै शासक प्रशासक नेता कार्यकर्ता र व्यपारीहरुको सम्पत्ति छानविन गरि राष्ट्रिय करण गर्नुपर्ने उल्लेख गरेको छ। देश र जनता पुर्ण स्वाधिन नभए सम्म आन्दोलन जारी राख्न पार्टीले आम जनसमुदायलाई विशेष अनुरोध गरेको छ ।

