सरकारको नरसंहारले सिङ्गो देश स्तब्ध
नेपाल-सरकारको सामाजिक सञ्जाल वन्दगर्ने निर्णय र भ्रष्टाचारको विरोध गर्दै सोमवार शान्तिपुर्ण विरोधमा सहभागि जेनजी पुस्ता माथि सरकारले नरसंहार गरेको छ । जेनजी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा हजारौँ युवा तथा नागरीकहरु स्वतस्फुर्त सहभागि वनेका थिए । प्रदर्शन स्थल माइतिघर देखी नयाँ वानेश्वर सम्म तोकिएको थियो । देश र आफ्नो भविष्य प्रति चिन्तित जेनजी पुस्ताले उठाएका माग सरकारले शान्तिपुर्ण रुपमा पुरा गर्न छोडेर दमन गर्ने निति लिएको छ । सोमवारको प्रदर्शनमा सरकारले गरेको प्रहरी दमनमा परेर हाल सम्म १९ युवाको ज्यान गएको छ । ४२६ जना घाइते भएकाछन् जसमध्य ४२ जनाको विभिन्न हस्पिटलको आइसियूमा उपचार भइराखेको छ । देशमा थुप्रै सहरमा करफ्यु लगाईएको छ । प्रदर्शनमा सरकारले नरसंहार गरेपछी विवादित गृहमन्त्री रमेश लेखकले सोमवार पदवाट राजिनामा दिएकाछन् । विपक्षी दल नागरीक समाज र प्रदर्शनकारीहरुले प्रधानमन्त्रिले समेत राजिनामा दिनुपर्ने माग गरेकाछन् । सरकारका प्रवक्ताले प्रधानमन्त्रिले तत्काल राजीनामा नदिने वताएकाछन् । सोमवार मन्त्रीपरिसद वैठकको निर्णय सुनाउदै गर्दा सञ्चार कर्मिहरुलाई उक्त कुरा वताएकाहुन् । सोमवारको घटना पछी सरकारले १५ दिन भित्र घटनाको छानविन गरेर प्रतिवेदन वुझाउने समिति गठन गर्ने भनेको छ । जेनजी पुस्ता माथि भएको सरकारी नरसंहारको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा तिव्र विरोध भएको छ । सोमवार साँझ जेनजी पुस्ताले सार्वजनीक गरेको प्रेस विज्ञप्ति अनुसार आन्दोलनमा घुसपैठ भएको र माग पुरा नभए सम्म आन्दोलन जारी रहने भनिएको छ । केहि ठुला सामाजिक सञ्जालहरुले नेपाल सरकार भ्रष्ट भएकाले दर्ताहुन नआउने भनेको भन्दै समाचार प्रसारण गरिराखेकाछन् । सामाजिक सञ्चाल वन्द गर्ने निर्णय सरकारले फिर्ता लिएको छ । निहथा युवाको ज्यान लिने सरकारले न माफि माग्यो नत राष्ट्रिय सोक मनायो । आन्दोलनमा घुसपैठ भएको भन्दै पन्छिएको छ । जेनजी पुस्ताले उठाएका माग देश र जनताका हुन ति माग पुरा नभए सम्म योजनावद्ध रुपमा आन्दोलन जारी राख्नु पर्दछ । फोटो अनलाईन खवरवाट ।