ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको प्रहरी दमन विरुद्ध २४ गते नेपाल वन्दको आहवान
नेपाल-जेनजी पुस्ताले आयोजना गरेको शान्तिपुर्ण विरोध प्रदर्शनमा व्यापक प्रहरी दमन भएको छ । सरकाले सामाजिक सञ्जाल नियमन गर्ने भन्दै वन्द गरेपछी जेनजी पुस्ताले सरकारको निर्णय विरुद्ध सोमवार माइतिघर देखी नयाँवानेश्वर सम्म विरोध गर्ने वताएको थियो । सरकारले विकल्प विना सामाजिक सञ्जाल वन्दगरेको जनताले तिरेको करको व्यापक भ्रस्टाचार भएको देशमा वेथिति र विसंगति वढेको भन्दै सोमवार जेनजी पुस्ताले विरोध कार्यक्रमको घोषणा गरेको थियो । विरोध प्रदर्शनमा हजारौँ युवा र नागरीकको सहभागिता रहेको थियो । प्रदर्शनकारी प्रहरीले व्यापक दमन गरेको भन्दै चौतर्फि विरोध भएको छ । ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले शान्तिपुर्ण प्रदर्शनमा भएको प्रहरी दमनको विरोध गर्दै भदौ २४ गते नेपाल वन्दको आहवान गरेको छ । पार्टीले सार्वजनीक गरेको प्रेस विज्ञप्ति मार्फत नेपाल वन्दको कार्यक्रम घोषणा गरेको हो । पार्टी संयोजक क.मुक्तिको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा सरकारले शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमन गरेर नागरीकको ज्यान लिएको भन्दै कडा सब्दमा आपत्ति जनाउदै विरोध गरेको छ । जेनजी पुस्ताले उठाएका माग जनताको भएको र उक्त माग तत्काल पुरा गर्न पार्टीले सरकारलाई अनुरोध गरेको छ । सामाजिक सञ्जाल नियमन गर्ने नाममा सरकारले जनआवाजलाई नियन्त्रण गर्न खोजेको पार्टीले आरोप लगाएको छ । शासकहरुले आफ्नो कम्जोरी ढाकछोप गर्न सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको पार्टीले आरोप लगाएको छ । जनआवाज माथिको नियन्त्रण र दमनको मुल्य सरकारले चुकाउनु पर्ने वताइएको छ । पार्टीले प्रेस विज्ञप्ति मार्फत आन्दोलनमा मृत्यु भएकाहरुलाई राष्ट्रिय सम्मान सहित शहीद घोषणा गर्न र घाईतेको निशुल्क उपचार गर्नुपर्ने उल्लेख गरेको छ । पार्टी सवै जेनजीहरुलाई जुटन अनुरोध गरेको छ । जेनजीका माग पुरा गराउन र प्रहरी दमनको विरोध गर्दै पार्टीले नेपाल वन्दको कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल वन्दको कार्यक्रमलाई सफल पार्न आम देशभक्त एवम् प्ररिवर्तनकारी जनतालाई विशेष अनुरोध गरेको छ । फोटो अनलाईन खवर वाट ।
