इण्डिया र चाइना विचको सहमति विरुद्ध ७ कम्युनिष्ट पार्टीको संयुक्त पत्रकार सम्मेलन
नेपाल-इण्डिया र चाइना विच भाद्र ३ गते भएको सम्झौताको विरोध गर्दै ७ कम्युनिस्ट पार्टीहरुले संयुक्त पत्रकार सम्मेलन गरेकाछन् । दिउसो ४ वजे रिपोर्टस कलबमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । चीनिया विदेश मन्त्री वाङ यी २ दिने इण्डिया भ्रमणका वेला दुई देश विच १२ वुदे सम्झौता गरिएको थियो । दुइदेश विच भएको सम्झौताको ९ नम्वर वुदामा नेपाली भुमि लिपुलेकलाई दुइदेश विचको सिमा पार व्यापार गर्ने मार्ग वनाउने सहमति गरेका थिए । इण्डिया र चाइनाको उक्त सहमति विरुद्ध ७ वटा कम्युनिस्ट पार्टीले विरोध जनाउदै पत्रकार सम्मेलन गरेका हुन ।

आसन्न चाइना र इण्डियाको भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमण रद्द गरेर तत्काल सम्वाद गर्न सुझाव समेत दिएका छन् । नेपालको राष्ट्रिय स्वाधिनताको प्रमुख बाधक इण्डिया भएपनि पछिल्लो चरण चाइना समेत इण्डियाको सारथी वन्नु खेद जनक रहेको र त्यसको नेपाली जनताले प्रतिरोध गर्ने वक्ताहरुको धारणा थियो । नेपालको भुराजनीतिक सम्वेदनशिल भएकाले त्यसको सम्मान गर्न इण्डिया र चाइनालाई विशेष अपिल गरेका छन् । यदि नेपालको राष्ट्रिय स्वाधिनता माथि खेलवाड गरे त्यसले कसैलाई पनि हित नगर्ने भनाइ रहेको थयो । कालापानी लिपुलेक र लिम्पीयाधुरा मात्रै हैन अव इण्डियाले १८१६ मा सुगौली सन्धिले गुमेको नेपाली भुमि समते तुरुन्त फिर्ता गर्नु पर्ने वेला आएको वताइएको छ । यही भाद्र १३ गते दिउसो माइतिघर मण्डला देखी नयाँ वानेश्वर सम्म ७ वटा कम्युनिस्ट पार्टीले संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेका हुन् । पत्रकार सम्मेलनमा ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, श्रमिक जनता पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी ) नेकपा (विद्रोही) र नयाँ जनवादी मोर्चा नेपालका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
