इण्डिया र चीन विच भएको सम्झौता विरुद्ध ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको प्रेसविज्ञप्ति
नेपाल-नेपाली भूमि लिपुलेकलाई इण्डिया र चीनले सिमापार व्यापार गर्ने मार्ग वनाउने सहमति गरेको प्रति ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले प्रेसविज्ञप्ति निकालेर विरोध गरेको छ । पार्टी संयोजक क.मुक्तिले वुधवार साँझ निकालेको विज्ञप्ति अनुसार इण्डिया र चीनले नेपालको स्वाधीनता माथि पटक पटक हस्तक्षेप गरेको प्रति अविलम्व नेपाल सँग माफि माग्नु पर्ने वताउनु भएको छ । चीन इण्डिया वचि नेपाली भुमि लिपुलके प्रयोग गर्ने गरि भएको सम्झौता तुरुन्त खारेज गर्न अनुरोध गरिएको छ । कुनैपनि देश भुगोल र जनसंख्याले ठुलो सानो हुन सक्छ तर देशको स्वाधिनता, सार्वभौमसत्ता र स्वाभिमान ठुलो सानो नहुने भन्दै चीन र इण्डिलाई ध्यानाकर्षण गरिएको छ । नेपाली भुमि लिपुलेकलाई व्यापारी मार्ग वनाउने गरी इण्डिया र चीनले नेपाललाई थाहनै नदिएर वदनीयत रुपमा १५ मे २०१५ मा वेइजिङ्गमा इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणको वेला दुइ देश विच सम्झौता गरिएको थियो । उक्त सम्झौताको नेपालमा व्यापक विरोध भएको थियो । हालै १९ अगस्ट २०२५ ( भदौ ३ २०८२ ) मा चीनका विदेश मन्त्री वाङ यी दुई दिने इण्डिया भ्रमणमा गएको वेला इण्डिया र चीन विच १२ वुदे समहती भएको थियो । दुई देश विच भएको १२ वुदे सहमति को ९औं वुदामा नेपाली भुमि लिपुलेकलाई फेरी चीन र इण्डियाले व्यापारी मार्ग वनाउने सहमति भएको सार्वजनीक भएको छ । मंगलवार साँझ इण्डियन विदेश मन्त्रालयले जारी गरेको प्रेसविज्ञप्तिमा उक्त विषय सार्वजनीक गरिएको हो । इण्डिया र चीनले नेपाली भुमि माथिको गरेको हस्तक्षेपका विरुद्ध नेपालमा चौतर्फि विरोध भइरहेको छ । ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले समेत आम देशभक्त नेपाली जनतालाई व्यापक रुपमा विरोध गर्न प्रेसविज्ञप्ति मार्फत अपिल समेत गरेको छ ।