नागढुङ्गा सुरुङमार्गमा गुडने सवारीको सुल्क सरकारले तोक्यो
नेपाल-नेपाल सरकार र जापानी निर्माण कम्पनी हाजमा आङ्दो कर्पोरेशनविच नागढुङ्गा सुरुङमार्ग निर्माण सम्वन्धि विसं २०७६ असोजमा सम्झौता भएको थियो । दुई दशमलव ६९ किलोमिटर लम्वाइ भएको सुरुङमार्ग विसं २०८० वैशाख १३ अघि नै निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । कोरोना लकडाउन र निर्माण क्षेत्रका वासिन्दाहरुको मुआवजा सम्वन्धि आन्दोलनले गर्दा निर्माण कार्य ढीलो भएको आयोजनाले वताउने गरेको छ । सम्झौता गर्दा नेपाल सरकारका अर्थ मन्त्री कृष्ण बहादुर महरा र भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखक सम्झौता समारोहमा सहभागी वनेका थिए । निर्माण गर्दा ६ अर्ब मुआब्जा सहित करिब २२ अर्ब लगानी अनुमान गरिएको थियो । सुरुङ्गमार्ग निर्माणमा जापान सरकारले १५ अर्ब ४० करोड ५० लाख ऋण ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि उपलब्ध गराउन सहमत भएको थियो । साउन २६ गते वसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले सुरुङ्मार्ग उपभोग दस्तुर तोकेको छ । मन्त्रिपरिषद बैठकले कार र भ्यान काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकेको छ । मिनि वस र ट्रकले काठमाडौँ आउँदा ११५ रुपैया र जाँदा ८० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । बस र ट्रकले काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । भारी उपकरण वोकेका सवारी साधनहरुले काठमाडौँ आउँदा ६०० र जाँदा २५० सुल्क तिर्नुपर्नेछ । सुरुङमार्गमा मोटरसाइकल भने चलाउन पाइँनेछैन । हाल सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत रहेको वताइएको छ ।