janayatra

सीमा क्षेत्रबाट लाउडस्पीकर नहटाएको उत्तर कोरियाको भनाई

Author जनयात्रा बिहिबार, २९ साउन २०८२

views
सीमा क्षेत्रबाट लाउडस्पीकर नहटाएको उत्तर कोरियाको  भनाई

 

नेपाल-दोस्रो विश्वयुद्ध पछी कोरिया विभाजित भयो । विभाजित पछी उत्तर र दक्षिण कोरिया वने । उत्तर कोरिया कम्युनिस्ट समाजवादी देश वन्यो भने दक्षिण कोरिया पुँजीवादी देश भयो । कोरियन युद्धमा उत्तर र दक्षिण एक अर्का सँग युद्धमा भिडेका थिए । हाल युद्ध विरामकै अवस्थामा रहेका छ्न । कोरियामा १५ हजार वर्ष देखी मान्छेहरुले वसोवास गरिराखेकाछन् । पछिल्लो चरण उत्तर र दक्षिण कोरियाबीच सैन्य तनाव चुलिए पछी दुईदेशको सिमामा लाउडस्पीकर वजाएर विरोध गरिरहेकाछन् । जसलाई लाउडस्पीकर युद्ध भनेर प्रचार भएको थियो ।  दक्षिण कोरियाली भुभावबाट किम जङ अनको विरोध गर्दै बलुनमा पर्चासहितका सामग्री राखेर उत्तर तिर पठाउन थालेपछी दुई देशविच लाउडस्पीकर युद्ध सुरु भएको थियो । यसता स्पीकरवाट निस्किने चर्को ध्वनीले सिमा क्षेत्रमा वसने मानीसहरु पिडित वनेकाछन् । यसै साताको शुरुतिर दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले केही लाउडस्पीकर सीमा क्षेत्रवाट हटाएको बताएको थियो । तर उत्तर कोरिया प्रोपगान्डा विभागकी उपनिर्देशक किमले सोलको दाबी निराधार एकतर्फी अनुमान र भ्रामक भएको वताइन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले विहीवार प्राकाशित गरेको किम यो जङको वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ । व्यक्तव्यमा भनिए अनुसार दक्षिण कोरियासँग सम्वन्ध सुधार्ने हाम्रो कुनै चाहना छैन । उनका अनुसार उत्तर कोरियाको यो अडान भविष्यमा संविधानमै उल्लेख गरिनेछ । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासअघि यसै साताको शुरुतिर उत्तर कोरियाले कडा जवाफ दिने चेतावनी सार्वजनीक गरेको थियो । दक्षिण कोरियाका राष्ट्रपतिमा ली जेम यङ निर्वाचित भएपश्चात दुई देश विचको सम्वन्धमा केही नरमपन देखिन्छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC