करोडौँमा पालिका भवन निर्माण हुदैँ
भोजपुर नेपाल- भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन बनिरहेको छ । ७ करोड ५० लाख ४४ हजार १३७ को लागतमा गाउँपालिकाको भवन वनिरहेको छ । ४० प्रतिशत गाउँपालिका र ६० प्रतिशत केन्द्र सरकारको लागतमा भवन वन्दैछ । अधिकारीहरुका अनुसार हाल ९० प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । देशैभरी करोडौँका यस्ता भवनहरु वनिरहेकाछन् । राज्यको कोषवाट बन्ने यस्ता संरचना वारे व्यापक जनगुनासो रहने गरेको छ । स्रोत रातोपाटी र राष्ट्रिय समाचार समिति ।