janayatra

नयाँ व्यवस्था अनुसार श्रमिकको न्यूनतम ज्याला बढ्यो ।

Author जनयात्रा बिहिबार, ०१ साउन २०८२

views
नयाँ व्यवस्था अनुसार श्रमिकको न्यूनतम ज्याला बढ्यो ।

नेपाल-सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब श्रमिकहरुको मासिक ज्याला १९ हजार ५ सय ५० पुगेको छ । यो भन्दा पहीला श्रमजिकको मासिक न्युनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ रहेको थियो । श्रम ऐन अनुसार हरेक दुई बर्षमा श्रमिकको न्युनतम ज्याला पुनरावलोकन गर्नुपर्ने प्रवधान छ । श्रमिकमा सहमति नजुटेपनी सत्तारुढ दल एमाले र कांग्रेसका श्रमिक संगठनले सहमति जनाएकाछन् । माओवादी समर्थित मजदुर यूनियनले २० हजार ३ सय न्यूनतम पारिश्रमिक हुनुपर्ने सर्त राखेको थियो । अव नयाँ व्यवस्था अनुसार आधारभुत पारिश्रमिक १२ हाजार १ सय ७० हुनेछ । महँगी भत्ता ७ हजार ३ सय ८० हुनेछ । प्रतिघणटा १ सय २ रुपैयाँ ज्याला पाइने छ । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC