मुग्लिन नारायणगढको सिमतताल क्षेत्रमा मिनी ट्रक दुर्घटना ।
नेपाल-चितवन मुग्लिन–नारायणगढ सडक अन्तर्गत पर्ने सिमताल क्षेत्रमा एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको अधिकारीहरुले वताएका छन् । काठमाडौँतर्फ जाँदै गरेको इण्डियन यूपी ३२ जेड एन ७८८३ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको वताइएको छ । दुर्घटनामा लखनउ बस्ने २१ वर्षीय आशिक यादव र लखनउकै सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएकाछन् । घाइतेको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भैरहेको छ । सो क्षेत्रमा गत वर्ष असार २८ गते दुईवटा यात्रुवाहक वस त्रिशुली नदीमा खस्दा ६२ जना यात्रु मध्य ३९ यात्रु हाल सम्मपनी बेपत्ता छन् । तीन जना पौडिएर बाँचेका थिए २० जनाको शव भेटिएको थियो ।