नयाँ मौद्रिक नीतिमा के के छन् ।
नेपाल-राष्ट्र वैङले नयाँ मौद्रिक नीति सार्वजनीक गरेको छ । राजनैतिक विवादका विच लामो समय पछी गभर्नर नियुक्त भएका विश्व पौडेलले शुक्रवार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । देशको अर्थतन्त्रमा समस्या आइराखेको वेला नयाँ मौद्रिक नीति आएको हो । ब्याङ्कहरुमा लगानी गर्ने रकम थुप्रिएको छ । जानकारहरुका अनुसार हाल ब्याङकहरुमा ८ खर्ब भन्दा धेरै रकम थुप्रिएको छ । नयाँ मौद्रिक नीतिले घर कर्जालाई प्रोत्साहित गर्न खोजेको छ । निजी आवासीय घर निर्माण र खरीद गर्न अव २ करोडबाट ३ करोड कायम गरिएको छ भने ७० प्रतिशत वाट वढाएर ८० प्रतिशत पुर्याइएको छ । नयाँ मौद्रिक नीतिले शेअर धितो कर्जा खुकुलो वनाउने ठानिएको छ । हाल कायम रहेको एकल ग्राहक कर्जाको सीमा १५ करोडबाट वढाएर २५ करोड वनाइने भएको छ । शेअरबजारका लगानीकर्ताहरुले लामो समयदेखि यस्तो सिमा हटाउन माग गर्दै आएका थिए । अव विदेश घुम्न जाँदा डलरको परिमाण वृद्धि गरिएको छ । भारतबाहेक अन्य मुलुकमा भ्रमणमा जाने नेपाली नगारिकहरुले हाल प्रति पटक २५ सय अमेरिकी डलर लिन पाउथे भने अव ३ हजार डलर लान पाइने छ । ब्याङको ब्याजदरलाई साढे ६ प्रतिशतलाई घटाएर ६ प्रतिशत वनाइएको छ । निक्षेप सङकलन दर ३ बाट घटाएर २.७५ प्रतिशत निर्धारण गरिएको छ । ब्याङ्क दर भन्नाले वार्णिज्य ब्याङ्हरुले केन्द्रिय ब्याङ्कसँग सापटी माग्यो भने त्यसमा लिने ब्याज हो । नयाँ मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा मुद्रास्फीति ५ प्रतिशतभन्दा कम हुने प्रक्षेपण गरेको छ । आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । हाल खराव कर्जाको अनुपात २ वाट वढेर ५ प्रतिशत नाघिसकेको छ ।