janayatra

तालिबान सत्तालाई रुसले मान्यता दियो ।

Author जनयात्रा शुक्रबार, २० असार २०८२

views

नेपाल-अफगानिस्तानको तालिबान सत्तालाई मान्यता दिने रुस पहिलो देश बनेको छ । सन् २०२१ को अगस्टमा तालिबान सत्तामा पुनर्स्थापित भएको थियो । तालिबान सत्तामा पुगेपछी कावुलमा रहेको रुसी दुतावास वन्द भएको थिएन । बिहीवार काबुलमा रुसी राजदूत डिमित्री झिर्नोभलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले भेटेका थिए उक्त भेटमा रुसी राजदूतले अफगानिस्तानलाई आफ्नो देशको सरकारले मान्यता दिने निर्णय सुनाएका थिए । तालिबानसँग सन् २०२२ मा अन्तर्राष्ट्रिय आर्थिक सहमतिमा हस्ताक्षर गर्ने पहिलो देश रुस थियो । यो वर्षको एप्रिलमा रुसले तालिबानलाई आतङ्ककारी सुचीबाट हटाएको थियो । सन् १९७९ देखी १९८९ सम्म सोभियत यूनियन अफगानीस्तानमा लामो युद्ध लडेको थियो । उक्त युद्धमा सोभियत यूनियनले १५ हजार मानविय क्षेति वेहोरेको थियो ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC