सिद्धबाबा सुरुङको इन्भर्ट निर्माणको काम सकियो ।
नेपाल-पाल्पामा निर्माणाधिन सिद्धबाबा सुरुङमार्ग इन्भर्ट निर्माणको काम सकिएको छ । मुख्य टनेलको १०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजनाका अधिकारीहरुले वताएकाछन् । नेपाल सरकारले यो आयोजनालाई राष्ट्रिय गौरबको सुचिमा राखेको छ । पाल्पाको निनाउ गाउँपालिका ३ दोभानमा वन्दैगरेको सुरुङमार्ग हालसम्मको भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत र वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको वताइएको छ । ११२६ मिटर लामो सुरुङमार्गको निर्माण २०७९ सालदेखि सुरु गरिएको थियो । आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रू भइसकेको छ । २०८३ साल पाँच वर्ष भित्र सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको छ । आयोजनाको लागत ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रहेको छ । आगामी आर्थिक वर्षका लागि आयोजनालाई नेपाल सरकारले २ अर्ब ६० करोड रकम विनियोजन गरेको छ । रासस वाट ।