सरकारलाई राजस्व लक्ष्य पुरा गर्न सकस ।
नेपाल-चालु आर्थिक वर्षमा नेपाल सरकारको १४ खर्ब १९ अर्ब ३० करोड जति राजस्व उठाउने लक्ष्य थियो । तर आर्थिक बर्ष सकिन डेढ महिना मात्र बाँकी हुँदा सरकारले नयाँ आर्थिक बजेटमा लक्ष्य संशोधन गरेर १२ खर्ब ६७ अर्ब ३९ करोड वनाएको छ । चालु आर्थिक बर्षको असार १५ गते सम्म सरकारले १० खर्ब ५० अर्ब ५० करोड मात्रै राजस्व संकलन गरेको छ । अब सरकारले संशोधित राजस्व लक्ष्य पुरा गर्न १५ दिनमा २ खर्ब १६ अर्ब उठाउनु पर्नेछ ।