सयौँ खेलमा नेपालको लाओसमाथि सान्दार जित ।
नेपाल-नेपाली महिला राष्ट्रिय फुटबल टिम एएफसी महिला एसियन कप छनोटको खेल खेल्न उज्वेकिस्तानमा रहेको छ । एएफसी महिला एसियन कप छनोटको समूह एफ खेलमा नेपालले लाओसमाथि ९-० को फराकिलो सान्दार जित गरेको छ । सावित्रा भण्डारी साम्बाको कप्तानीमा मैदानमा उत्रेको टोलिले महत्वपुर्ण जित निकालेको हो । यो खेल नेपाली महिला टोलीको सयौँ अन्तर्राष्ट्रिय खेल थियो । खेलमा कप्तान सावित्रा भण्डारी साम्वाले ४ गोल गरेकि थिइन । अन्य गोल गर्नेमा अनिता बस्नेत,सरु लिम्बु,अनिता केसी,रश्मी कुमारी घिसिङले समान १-१ गोल गरेका थिए । यो खेल सँगै नेपालले ३ अंक जोडेको छ ।