साउन १३ मा उपस्थित हुने गरी ३५ लाख धरौटीमा निस्किए नेपाल ।
नेपाल–पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । वुधवार विशेष अदालतका सदस्य तेजनारायण सिंह राई, रामवहादुर थापा र विदुर कोइरालाको इजलासले धरौटीको माग गरेको थियो । साधारण तारिखमा छाड्न विशेष अदालतले इन्कार गरेको छ । विशेष अदालतले तत्कालीन पदीय हैसियत र भूमिकालाई मध्यनजर गरेर धरौटी तोकेको हो । अदालतको फैसला पछी ३५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएर माधव कुमार नेपाल अदालत परिसरबाट बाहिरिएका हुन । तत्कालिन मन्त्रिपरिषदले गरेका निर्णयहरु विशुद्ध नीतिगत परिधिमा पर्ने हो वा होइन भन्ने मुद्दाको अन्तिम निर्णय हुँदा निरुपण हुनेछ । धरौटीमा छुटेका पुर्वप्रधानमन्त्री नेपाल साउन १३ गते तारेखमा उपस्थित हुनु पर्नेछ । फैसलापछि बाहिरिनेक्रममा नेपालले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन् ।