इरानमा अमेरीकाको आक्रम ।
नेपाल-इजरेलले इरानमा आक्रमण गरेपछी सुरु भएको युद्धले मध्य पुर्वमा त्रास पैदा गरेको छ । इजरेल इरान युद्धमा अमेरीका समेत सहभागी वनेको छ । अमेरीकी राष्ट्रपति डोनाल्डट्रमले आफ्नो सोसल मिडिया ट्रुथ मार्फत इरानका ३ वटा क्षेत्रमा आक्रमण गरेको वताएकाछन् । राष्ट्रपति ट्रमका अनुसार अमेरिकाले इरानका फोर्दो,नतांज र इस्फहान क्षेत्रमा हवाई आक्रमण गरेको छ । अमेरीकाले आक्रमण गरेकाक्षेत्रमा परमाणु केन्द्र भएको भनेको छ । राष्ट्रपति ट्रमले आक्रमण सफल भएको र आक्रमणमा सहभागी विमानहरु सुरक्षित इरान वाहिर फर्केको वताएकाछन् । उनले आक्रमणमा सहभागीहरुलाई महान योद्धा भन्दै दुनियामा यसतो सेना कही नभएको अव शान्तिको समय आएको भनेकाछन् । साथै यो आक्रमणलाई लिएर राष्ट्रपति ट्रमले राष्ट्रलाई सम्वोधन गर्ने छन् । रोयटर्स समाचार संस्थाका अनुसार आक्रमणमा बी २ बंवर्सक विमान सामेल भएको थियो ।