janayatra

इण्डियन हस्तक्षेप विरुद्ध पार्टी र मोर्चाले संयुक्त विरोध र्‍याली गर्दै ।

Author जनयात्रा सोमबार, २९ वैशाख २०८२

views
इण्डियन हस्तक्षेप विरुद्ध पार्टी र मोर्चाले संयुक्त विरोध र्‍याली गर्दै ।

नेपालग्रेटर नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले यही वैसाख ३० गते विरोध र्‍याली गर्ने भएका छन् । वैसाख २९ गते संयुक्त रुपमा निकालेको प्रेस विज्ञप्ती मार्फत सवै पत्रकारहरुलाई समाचार संकलनका लागि विशेष अनुरोध समेत गरिएको छ । विरोध र्‍याली दिउँसो १ वजे ठमेल केशर पुस्ताकालय हुदैँ इण्डियन एम्वेसी अगाडी गएर कोणसभामा परिणत हुनेछ ।  नेपाल माथि इण्डियाको हस्तक्षेपका विरुद्ध पार्टी र मोर्चाले विरोध र्‍यालीको आयोजना गरेको बताएकाछन् । नेपालको राष्ट्रिय स्वाधिनता पछिल्लो चरण अत्यन्तै संकटमा पर्दै गएको पार्टी र मोर्चाले उल्लेख गरेकाछन् । नेपालको राष्ट्रिय स्वाधिनताको मुख्य समस्या इण्डिया वाट पैदा भएको र त्यसका विरुद्ध निरन्तर शसक्त रुपमा लडनुपर्ने पार्टी र मोर्चाका नेताहरुको भनाई रहेको छ । सुगौँली सन्धिले गुमेको नेपाली भुमि फिर्ता ल्याई छाडने र त्यसका लागि जस्तो सुकै वाटो हिडन पनि तयार रहेको पार्टी स्थायी समिति सदस्य विकल्पले वताउनु भएको छ । नेपाली जनताले राष्ट्रिय स्वाधिनता र वर्ग संघर्षको मुक्ति लडाई लडनु पर्ने र त्यसको नेतृत्व ग्रेटर नेपाल कम्युनिस्ट पार्टी र मोर्चाले गर्ने वताएकाछन् । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC