janayatra

अमेरिकाको नयाँ कर नीतिले विश्वको शेअर वजार धराशायी ।

Author जनयात्रा मङ्गलबार, २६ चैत २०८१

views

नेपालअमेरीकाले लगाएको नयाँ कर नीतिले संसारभरको शेअर वजार धराशायी भएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले लगाएको नयाँ कर नीतिले आर्थिक सङ्कट निम्त्याउने डर पैदा गरेको छ । जानकारहरुका अनुसार शेअर वजारको गिरावटले आर्थिक सङ्कट ल्याईहाल्छ भन्ने हुदैन तर कहिलेकाही समस्या पैदा गर्नपनि सक्छ । हाल विश्वभर शेअर वजार गिरावटले विश्वभरि शेअर वजारमा सुचीकृत कम्पनीहरुले भविष्यमा कमाउने नाफामा भने ठुलो परिवर्तन गरिदिनेछ । वढदो करले गर्दा उत्पादनको लागत मुल्य वढ्छ र नाफा पनि घट्ने गर्दछ । चीनले आयात शुल्कको प्रतिकार गर्ने घोषणा गरे सँगै एशियाको शेअर वजारमा केही सुधारोन्मुख देखिएको छ । सन् १९३० को दशक, ग्रेट फाइनान्शल क्राइसिस घटना, कोभिड महामारीले विश्वभरीको अर्थतन्त्र एकसाथ ओरालो लागेको थियो । आर्थिक मन्दीका लागि यी दुर्लभ घटना मानिन्छन् । जानकारहरुले अमेरीका युके र ईयु मातहतका देशहरुमा आर्थिक मन्दी हुनसक्ने वताएकाछन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC