janayatra

म्यान्मारको शक्तिशाली भुकम्पमा मृत्यु हुनेहरुको सङ्ख्या वढदै ।

Author जनयात्रा आइतबार, १७ चैत २०८१

views

नेपालशुक्रवार म्यान्मारमा गएको शक्तिशाली भुकम्पमा परी मृत्यु हुने मानिसको सङ्ख्या १ हजार नाघेको छ । म्यान्मारको सैनिक सरकारका अनुसार भुकम्पले २३०० भन्दा वढी मान्छे घाइते भएका छन् । भुकम्पमा परि मृत्यु हुनेमा १७ जना नेपालीभाषी पनि रहेको वताइएको छ । भग्नावशेषमा पुरिएका मानिसहरुको खोजी तथा उद्धारकार्य जारी रहेको सरकारी अधिकारीहरुले वताएकाछन् । भुकम्पवाट प्रभावित थाईल्यान्डको राजधानी व्याङ्ककमा पनि राहत तथा उद्धार कार्य जारी छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भुकम्पको केन्द्रविन्दु सगाइङ सहरवाट १६ किमि टाढा र १० किमि जमिन मुनि उत्पन्न भएको थियो । सैनिक सरकार प्रमुखले सहायताका लागि अनुरोध गरेकाछन् । म्यानमारमा हाल गृहयुद्ध जारी छ । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC