janayatra

रोकिएको एमसीसी फेरी सुरु ।

Author जनयात्रा आइतबार, १० चैत २०८१

views
रोकिएको एमसीसी फेरी सुरु ।

नेपाल–एमसीसी अघि वढाउन संयुक्त राज्य अमेरिकाले फेरी अनुमति दिएको छ । ट्रम राष्ट्रपति निर्वाचित भएपछी ९० दिनका लागि एमसीसी पनि स्थगित गर्ने नेपाललाई जानकारी दिएको थियो । गएको हप्ता एमसीए नेपालसँग सम्वन्धित कतिपय खरिदका वोलपत्र सार्वजनिक भएको थियो । त्यसको तीन दिनपछि केही कार्यक्रम अघि वढाउन अनुमति दिएको छ । शुक्रवार एमसीए नेपालले जारी गरेको विज्ञप्ति अनुसार कार्यहरुमा महत्वपुर्ण खरिद कार्यहरु र कार्यालय सञ्चालन आवश्यक कार्यहरु उल्लेख गरेको छ । एमसीसीले ५५० मिलिअन अमेरिकि डलर नेपालको विद्युत र सडक पुर्वाधारमा लगानि गर्ने भनिएको छ । उक्त परियोजनामा १९७ मिलिअन नेपाल आफैले लगानि गर्नुपर्ने छ । महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले वित्तिय व्यवस्था, खर्च परामर्श, कार्यान्वयन पत्र र आयोजना कार्यान्वयनका क्षेत्रमा कमजोरी भएको उल्लेख गरेको छ । प्रतिवेदनले आयोजना अन्तर्गत विभिन्न शीर्षकमा ४ करोड ६० लाख अमेरी डलर नेपाली रकम ६ अर्व १३ करोड भन्दा वढी खर्च भइसकेको छ । वित्तिय कारोवार प्रतिनिधि र खरिद कार्य प्रतिनिधि लगाएत परामर्शमा ७८ लाख ७७ हजार अमेरिकी डलर नेपाली रुपैया १ अर्व ५ करोड खर्च भएको बताएको छ ।  सन् २०१७ मा अमेरिका र नेपाल विच हस्ताक्षर भएको थियो । एमसीसीलाई लिएर व्यापक विरोधका विच २०२२ मा नेपालको प्रतिनिधिसभाले संसदवाद अनुमोदन गरेको थियो । नेपालको निक्कै ठुलो जनमास एमसीसी परियोजनाको विरुद्ध रहेको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC