janayatra

नेपालको सार्वजनिक ऋण २६ खर्व ७६ अर्व ३ करोड पुग्यो ।

Author जनयात्रा शुक्रबार, ०८ चैत २०८१

views

नेपालसार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार सरकारी ऋण वढेको छ । चालु आर्थिक वर्ष २०८१-८२ को फागुन मसान्त सम्म नेपाल सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु २ खर्ब ४१ अर्ब ९३ करोड बढेर कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको हो । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ

हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८३ प्रतिशत अर्थात् रु १३ खर्ब ६० अर्ब ४६ करोड र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १६ प्रतिशत अर्थात् रु १३ खर्ब १५ अर्ब ५७ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३ दशमलव ०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ दशमलव ८५ प्रतिशत हुन्छ । सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले रु ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । रासस वाट ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC