यो वर्षको एसइई परिक्षा आजदेखि सुरु हुँदै
नेपाल–एसइई परिक्षा आजदेखि सुरु हुँदैछ । माध्यामिक शिक्षा एसइई विहान ८ वजेदेखि सुरु हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । गत वर्ष एसइई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीहरु सहभागी भएका थिए । यो वर्ष गत वर्षको भन्दा ४९ हजार २८६ जना विद्यार्थीहरु वढेका छन् । परीक्षा विहान ८ देखि ११ वजेसम्म सञ्चालन हुनेछ । यो वर्षको एसइई यही चैत्र १९ गते सकिनेछ ।