नेपालमा पहिलो पटक उपभोक्ता अदालत गठन ।
नेपाल–नेपालमा पहिलो पटक विश्व उपभोक्ता
दिवको अवसरमा उपभोक्ता अदालत गठन भएको छ । उपभोक्ता अदालत नहुदाँ करोडौ
उपभोक्ताहरु समस्यामा परेका थिए । अदालत सञ्चालनमा आएपछि अन्यायमा परेका उपभोक्ताले न्याय
पाउने अधिकारीहरुको दावि छ । अदालतको क्षेत्राधिकार हाल काठमाडौँ, भक्तपुर र ललितपुर मात्रै रहेका छन्
। कानुन वनाएको ६ वर्षपछि अदालत गठन भएको छ । सरकारले सातवटै
प्रदेशमा उपभोक्ता अदालत गठन गर्ने घोषणा पटक पटक गरेको थियो । २०७८ सालमै
सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न आदेश दिएको थियो ।
उपभोक्ता अदालतले सामान्य उपभोक्ता ठगी देखी मेडिकल लापरवाही र इन्जिनियरिङ
लापरवाही सम्मका विषयलाई हेर्नेछ । अदालतले दोसीलाई सजाय दिने पिडितलाई
क्षतिपुर्ति दिलाउने र कारवाही गर्न सक्नेछ । मुद्दाको वहस विशेष अदालतका सरकारी
वकिलहरुले गर्ने वताइएको छ ।