कम्युनिस्ट सँग सम्वन्ध भएको आशंका गरि अमेरिकाले राष्ट्रसङघीय निकायहरुलाई प्रश्न सोध्यो ।
नेपाल–अमेरीकाले संयुक्त राष्ट्रसङघका निकायहरुलाई अमेरिका विरोधी
आस्था भए नभएको खुलाउन आग्रह गर्दै पत्र पठाएको छ । अमेरिकाको अफिस मेनेजमेन्ट
एन्ड वजेटले ३६ वटा प्रश्न सहितको पत्र संयुक्त राष्ट्रसङ्घका निकायलाई पठाएको हो
। अमेरिकाले सोधेका प्रश्न मध्य एउटा प्रश्न राष्ट्रसङ्घीय निकायहरुको कम्युनिस्ट
सँग भए नभएको वारे छ । उक्त प्रश्नमा सोधिएको छ तपाईको संस्था कम्युनिस्ट, समाजवादी र अधिनायकवादी दल वा निकाय जो
अमेरिका विरोधी आस्था र कामलाई समर्थन गर्दै भन्ने तपाईँले निश्चित गर्न सक्नु
हुन्छ ? अर्को प्रश्नमा चीन, रुस, क्युवा वा इरानवाट कुनै पनि कोष प्राप्त
नगरेको पुष्टि गर्न भनिएको छ । अमेरीकासँग मित्रवत् सम्वन्ध नभएका देशहरुले पनि
संयुक्त राष्ट्रसङघका सवै १९३ देशहरुले राष्ट्रसङ्घिय मानवीय सहायता निकायहरुलाई
सहयोग गर्ने गरेकाछन् । जिनिभा विश्वविद्यालयको मानवीय अध्ययन केन्द्रका
प्राध्यापक कार्ल ब्लान्चेट अमेरिकाको यो कदम राष्ट्रसङ्घीय निकायलाई असफल देखाउने
किसिमको रहेको वताएकाछन् । उनि भन्छन् अमेरिका अव राष्ट्रसङ्घीय निकायमा संलग्न
नहुने सम्भावना छ । डोनाल्ड ट्रम्पको प्रशासनले अर्वपति इलोन मस्को नेतृत्वमा खर्च
कटौती अभियान सुरु गरिरहेको छ । जसले धरैजसो विदेशी सहायता वन्द गरेको छ । कुल
ग्राहस्थ उत्पादनको प्रतिशतका आधारमा अमेरीका युरोपेली देशहरुभन्दा कम वैदेशिक
सहायता गर्दछ । अमेरीकाको यो कदम प्रति राष्ट्रसङ्घीय सहायता निकायहरुले आफुहरुको
तटस्थता र निष्पक्षतालाई होच्याएको टिप्पणी गरेकाछन् । युद्ध वा प्राकृतिक
प्रकोपमा राजनीतिक आस्था नहेरी मद्दत गर्नुपर्ने वताएकाछन् । स्रोत अन्तरराष्ट्रिय
समाचार संस्था विविसि ।