२० अर्व डलरमा युरोपले एआई गिगाफ्याक्ट्री बनाउने
नेपाल–दुनिया एआई प्रविधिमा अगाडि वढदै छ । ठुला देशहरुको यसमा लगानी र प्रयोगको होड चलेको छ । अहिले एआई प्रविधिमा अमेरिका र चीन मुख्य प्रतिस्पर्धि देखीएकाछन् । अव युरोपका विभिन्न देशहरु यसको विकासमा ठुलो रकम खर्चिदैछन् । युरोपले एआई गिगाफ्याक्ट्री वनाउन २० अर्व डलर जुटाउन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले वताएको छ । रोयटर्सका अनुसार युरोपले आगामी वर्षदेखि एआई सम्वन्धि कारखाना स्थापनाको काम सुरु गर्दैछ । यस परियोजनाका लागि द युरोपियन हाई पर्फमेन्स कम्प्युटिङ जोइन्ट अन्डरटेकिङ साझेदारी मार्फत पहिला ७ वटा ६ वटा गरि १३ स्थानमा एआई गिगाफ्याक्ट्री स्थापना गरिनेछन् । यसता गिगाफ्याक्ट्री फिनल्यान्ड, जर्मनी, ग्रिस, इटाली, लक्जेम्वर्ग, स्पेन, स्विडेन, अस्ट्रिया, वुल्गेरिया, फ्रान्स, पोल्यान्ड र स्लोभेनिया देशका विभिन्न ठाउँमा स्थापना गरिने युरो एचपफसी जेयुले बताएको छ । युरोपले एआई हवको सञ्जाल निर्माण गर्ने योजना वनाएको छ । यी हवहरुमा एआई स्टार्टअप, साना तथा मध्यम आकारका व्यवसाय र अनुसन्धानकर्तालाई अत्याधुनिक कम्प्युटिङ स्रोत तालिम र प्राविधिक विशेषज्ञता उपलव्ध गराउने उल्लेख गरेको छ । स्रोत अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्स ।