janayatra

एसईईको मुखैमा शिक्षकहरु आन्दोलित

Author जनयात्रा बुधबार, २८ फागुन २०८१

views

नेपाल–नयाँ शिक्षा विधेयक पारित गर्न ढिला भएपछि शिक्षकहरु आन्दोलित भएका छन् । शिक्षकको छाता संगठन नेपाल शिक्षक महासङ्घले आन्दोलनको नेतृत्व गरी रहेको छ । विधेयक पारित गर्न ढिला गरे पठनपाठन ठप्प गरी आन्दोलन गर्ने चेतावनी शिक्षकहरुको छ । नयाँ शिक्षा विधेयक संसदमा पुगेको डेढ वर्ष भएको छ । उक्त विधेयक हाल प्रतिनिधिसभाको शिक्षा समितिमा विचाराधीन अवस्थामा रहेको छ । यो वर्षको एसईई परीक्षा चैत्र ७ गतेवाट सुरु भएर १९ गते सकिँदै छ । एसईई परिक्षामा झन्डौ ५ लाख विद्यार्थीहरु सहभागी हुदैछन् तर यस्तो वेला शिक्षकहरु आन्दोलनमा सहभागी वनेका हुन् । शिक्षकहरुले आन्दोलनका कार्यक्रम अन्तरगत पार्टीकार्यालयमा धर्ना दिने रिले अनशन वस्ने देखि चैत २० गतेवाट अनिश्चितकालीन सडक आन्दोलन गर्ने तय गरेकाछन् ।

 

२०८० साल भदौँ २७ गते विद्यालय शा विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । असोज २५ गते विधेयकलाई सम्वन्धित समितिमा दफावार छलफलका निम्ति पठाइएको थियो । तर पास नगरीदा शिक्षकहरु आन्दोलित बनिराखेकाछन् । विधेयकमा थुप्रै छलफल गर्नुपर्ने भएकाले विधेयक पास गर्न ढिलो भएको अधिकारीहरुको भनाइ छ । अधिकारीहरुका अनुसार नयाँ विधेयकले शिक्षक पेसालाई व्यवस्थित सम्पन्न र निजामती कर्मचारी भन्दा राम्ररी सञ्चालन गर्ने विषय रहेको वताउछन् । विधेयक पास भए पछी लामो समयदेखि स्थायी र अस्थायी राहत शिक्षकको विभाजन र विवाद पनि अन्त्य हुने शिक्षकहरुको अपेक्षा छ । देशभरी २७५०० सार्वजनिक सहित ३५००० विद्यालय हाल सञ्चालनमा रहेकाछन् । महासंघका अनुसार सार्वजनिक विद्यालयहरुमा २.५ लाख  र निजी विद्यालयहरुमा १.५ लाख गरेर कुल चार लाख शिक्षक तथा कर्मचारी कार्यरत छन् । आन्दोलित शिक्षकहरुसँग सरकारले डेढ वर्षअघि सहमति गरेको थियो ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC