कास्की केन्द्रविन्दु बनाएर ४.३ रेक्टरको भुकम्प ।
नेपाल–कास्कीमा भूकम्प गएको छ । मङ्गलवार बिहान
४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३
रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले वताएको
छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा गरिएको थियो ।
भूकम्पले क्षति पुर्याएको विवरण भने हाल सम्म आएको छैन । नेपाल भुकम्पिय
उच्च जोखिममा पर्ने मुलक भित्र पर्दछ । २०७२ सालमा आएको भुकम्पले ठुलो धनजनको क्षेति
गरेको थियो । त्यतिखेरको भुकम्पले भत्काएका थुप्रै पुरातातिक सम्पदाहरुको
पुनर्निर्माण हाल सम्म पनि भएको छैन् । उच्च भुकम्पिय जोखिम भएको देशमा भौतिक
पुर्वाधार वनाउदा राज्यले विशेष योजना बनाउनु पर्ने हुन्छ तर त्यसो गरिएको छैन् ।