janayatra

चीनिया राष्ट्रपति सीले पञ्चवर्षीय सैन्य योजनालाई सफल वनाउन आह्वान गरे ।

Author जनयात्रा शनिबार, २४ फागुन २०८१

views
चीनिया राष्ट्रपति सीले पञ्चवर्षीय सैन्य योजनालाई सफल वनाउन आह्वान गरे ।

चीनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रवार सैन्य विकासका लागि १४ औँ पञ्चवर्षीय योजना २०२१ देखि २०२५ को सफल वनाउन आह्वान गर्नुभएको छ । चीनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोजका अध्यक्ष समेत रहनु भएको सीले चीनको राष्ट्रिय व्यवस्थापिकाको १४ औँ राष्ट्रिय जन कांग्रेसको तेस्रो अधिवेशनमा जनमुक्ति सेना र जन सशस्त्र प्रहरी वलको प्रतिनिधि मण्डलको पुर्ण वैठकमा भाग लिँदै उक्त टिप्पणी गर्नुभएको हो ।

राष्ट्रपति सीले आत्मविश्वासलाई सुदृढ गर्न नयाँ चुनौतीहरुको सामना गर्न र निर्धारित लक्ष्य कार्यहरु समयमै हासिल गर्न उच्च गुणस्तरीय विकासका आवश्यकताहरु कार्यान्वयन गर्न आह्वान गर्नु भयो । उहाँले भन्नु भयो योजना कार्यान्वयन भएको चार वर्षभन्दा वढी अवधिमा उल्लेख्य उपलव्धिको शृङखला रहेको छ । धेरै चुनौती र समस्यालाई सम्वोधन हामिले गर्नुपर्ने छ । सैन्य विकासको उच्च गुणस्तर उच्च प्रभावकारी लागत प्रभावि र दिगो मार्गलाई पछ्याउन अनुरोध गर्नु भयो । समय र वास्तविक लडाइको परीक्षणको सामना हामीले गर्नु पर्नेछ । सीले आधुनिक व्यवस्थापन अवधारणा र विधिहरु प्रयोग गर्ने र योजनालाई अझ व्यवस्थित  समग्र र समन्वयात्मक रुपमा कार्यान्वयन गर्न रणनीतिक व्यवस्थापन प्रणाली र संयन्त्रहरुलाई निरन्तर सुधारको महत्वलाई प्रकाश पार्नुभएको थियो ।

संयुक्त नागरीक संन्य प्रयासलाई तीव्रतामा जोड दिँदै सीले सैन्य विकासको गुणस्तर र दक्षता अभिवृद्धि गर्न नागरीक क्षेत्रको शक्ति र स्रोतको प्रभावकारी उपयोग गर्न अनुरोध गर्नु भयो । नयाँ गुणस्तरीय लडाई क्षमताहरुको द्रुत विकासको लागि आह्वान गर्दै राष्ट्रपती सीले उन्नत प्रविधिको लागि द्रुत प्रतिक्रिया र रुपान्तरण संयन्त्र सुधार गर्न भन्नु भयो । उहाँले भ्रष्टाचारको गहिरो अनुसन्धान र सम्वोधन गर्न वलियो र प्रभावकारी अनुगमन प्रणाली स्थापना गर्नमा जोड दिनु भएको थियो । स्रोत ग्लोवल टाइम्स वाट ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC