सरकारले कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण सोध्यो ।
नेपाल–सरकारले नेपाल विद्युत प्राविकरणका कार्यकारी
निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । वुधवार साँझ
प्रधानमन्त्री निवास वालुवाटारमा वसेको मन्त्रिपरिषद् वैठकले निर्देशक घिसिङलाई तीन
दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । दिपक खडका ऊर्जा जलस्रोत तथा सिंचाइ
मन्त्रालयको जिम्मेवारी सम्हाले यता निर्देशक घिसिङ सँग समस्या वढिरहेको छ ।मन्त्रालयले
२२ पुस २०८१ मा पदवाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले घिसिङलाई
दुईपटक स्पष्टीकरण सोधिसकेको छ । मन्त्रालयले स्पष्टीकरण सोधेको चार दिनपछि
घिसिङले कार्यसम्पादन विवरण वुझाउनु भएको थियो । मुलुकमा आएको बाढीपहिरोले गर्दा
समयमै कार्यसम्पादन विवरण उपलव्ध गराउन नसकेको घिसिङले स्पष्टीकरण दिनुभएको थियो ।
घिसिङ प्राधिकरणको निर्देशक वनेपछी घाटामा रहेको प्राधिकरण नाफामा पुगेको छ । १८
घण्टा लोडसेडिङ हुने अवस्थालाई अन्त्य भएको थियो । मन्त्रालयले कार्याकारी
निर्देशक घिसिङलाई कार्यसम्पादन सम्झौता समयमै नवुझाएको भन्दै शुन्य अंक दिएको
थियो । विभिन्न संघ संस्था र नागरीक स्तरवाट घिसिङ प्रति गरीएको सरकारको
व्यवहारलाई लिएर विरोध भइराखेको छ ।