पैसा तिर्दा नागरिक वन्न पाइने देशहरु ।
नेपाल–अमेरीकाका राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आप्रवासी सम्वन्धि कडा
कदम चालि राखेका छन् । उनि राष्ट्रपति निर्वाचित वने सँगै थुप्रै देशका गैरकानुनी
आप्रवासीहरुलाई अमेरीकावाट धपाइ राखेकाछन् । अमेरिकावाट निकालिएका आप्रवासीहरु
प्रति गरीएको व्यवहारले विश्व ब्यापी राष्ट्रपति ट्रम्पले आलोचना खेपी राखेकाछन् ।
गैरकानुनी आप्रवासीलाई जसरी पनि उनिहरुकै देश फर्काउने कदम चालेका राष्ट्रपति ट्रम्पले
गोल्ड कार्ड भिषा नीति मार्फत संसारका धनिहरुलाई अमेरिका भित्र्याउने योजना
सार्वजनिक गरेका हुन् । ५० लाख अमेरीकी डलर नेपाली ७० करोड जति रुपैँय हुने
व्यक्ति अमेरीकाको नागरीक हुन सक्नेछ । गरिव आप्रवासीहरुलाई अमेरिकावाट लखेट्ने र
धनि आप्रवासीहरुलाई अमेरीकि नागरीक वनाउने ट्रम्प नीति हुने देखिन्छ । राष्ट्रपति
ट्रम्पले यो नीति सार्वजनीक गरेसँगै पैसा तिर्दा नागरिक्ता पाउन सकिने विश्वका देशवारे
फेरी वहस सुरु भएको छ । ट्रम्पले सुरु गरेको यो नीति नयाँ र पहिलो भने होइन ।
युकेको हेनली एण्ड पार्टनर्स अनुसार यसतो सुविधा दिनेमा संसारमा १०० भन्दा वढी देश
भएको वताउछ । गोल्डेन भिषा नीति लागु गरी राखेका देशहरु व्रिटेन, स्पेन, ग्रीस, माल्टा, अस्ट्रेलीया, क्यानडा, इटली रहेकाछन् । संसारको
सवैभन्दा कम पैसामा नागरिक वन्न सक्ने देश भनेको नाउरु भएको बताइन्छ । जहाँ १ करोड
८० लाख नेपाली रकममा नागरीक्ता प्राप्त गर्न सकिन्छ । कम रकममा यस्तो सुविधा
प्रदान गर्नेमा डोमिनिका, एन्टीगुवा, वारवुडा लगाएतका देशमा नेपाली रकम २ करोड ८१ लाख भए नागरिक
वन्न सकिन्छ । लावेडा संस्थाका अनुसार पोर्चुगलको नागरीक वन्न नेपाली रकम ७ करोड
२० लाख ग्रीस ३ करोड ६४ लाख ग्रेनाडा ३ करोड ४२ लाख तुर्की ५ करोड ६० लाख क्यानडा
३ करोड ६१ लाख खर्चिनु पर्दछ । अमेरिकी सरकारी घाटा पुर्तिगर्न ट्रम्प प्रशासनले १
करोड गोल्ड कार्ड वेच्ने नीति वनाएको वताइएको छ ।