गरीव आप्रवासीलाई धपाउदै धनीलाई भित्र्याउदै अमेरीका ।
नेपाल–डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भए पछि
आप्रवासी सम्वन्धि कडा कदम चालेका थिए । थुप्रै देशका आप्रवासीलाई अमेरि सैन्य
विमानमा सेना प्रयोग गरी उनिहरुकै देश पठाउन थालेकाछन् । त्यसरी फर्काइएका
आप्रवासीहरुलाई न्यनतम पनि मानविय व्यवहार नगरीएको भन्दै आलोचना भइराखेको छ । तर 'धनी' आप्रवासीलाई अमेरिकामा आउन र बसोबास गर्न पाउने नयाँ योजना ट्रम्पले सार्वजनिक
गरेका छन् । ५० लाख अमेरीकी डलर नेपाली झण्डै ७० करोड रुपैयाँ हुने व्यक्तिले
अमेरीकाको नागरीक्ता पाउने छन् । ट्रम्पको योनीति धनीहरुलाई अमेरिकामा भित्र्याउने
र गरीव आप्रवासीलाई अमेरिकावाट वाहीर पठाउने जस्तो देखिन्छ । अमेरीकामा रोजगारदाताहरु
भित्र्याई सार्वजनिक ऋण कम गर्ने ट्रम्पको योजना छ । जसलाई ट्रम्पले अति राम्रा
मानिस भनीराखेकाछन् । ट्रम्पले कागजात नभएका विदेशी गरीव आप्रवासीहरुलाई राख्न
क्युवास्थित कुख्यात अमेरीकी सैनिक वन्दीकेन्द्र ग्वान्टनामो बे मा हिरासत केन्द्र
वनाइने वताइ राखेकाछन् । अमेरीकी जलसेनाको आधार शिविर रहेको उक्त स्थानमा ३० हजार
गैरकानुनी आप्रवासीलाई वन्दी वनाउने हिरासत केन्द्र वन्ने छ । यो हिरासत केन्द्रमा
अमेरिकी जनताका लागि खतरा वनेका खराव अपराधि गैरकानुनी आप्रवासीहरुलाई राखिने
वताइन्छ ।