janayatra

दरवन्दी अनुसार स्वास्थ्य कर्मिको अभाव कर्णाली प्रदेशमा

Author जनयात्रा मङ्गलबार, १३ फागुन २०८१

views
दरवन्दी अनुसार स्वास्थ्य कर्मिको अभाव कर्णाली प्रदेशमा

नेपाल–कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरुमा जनशक्तिको अभाव रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको एउटा रिपोर्ट अनुसार कर्णालीमा स्वास्थ्य जनशक्ति अपुग रहेको देखाएको छ । हाल प्रदेशका स्वास्थ्य क्षेत्रमा ९०९ जना कर्मचारीको दरवन्दी छ । उक्त दरबन्दीमध्य ३२७ जनामात्र स्थायी पुर्ति गरीएको मन्त्रालयले वताउछ । स्थायी दरवन्दी खाली रहेका स्थानमा करार प्रकृयावाट कर्मचारी नियुक्ति गरीएको भए पनि दरवन्दी अनुसार कर्मचारी पाउन नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार पारेको रिपोर्ट अनुसार हाल ८१८ जनाको पुर्ति गरीएको छ । प्रदेश स्वास्थ्य सेवा ऐन २०७८ अनुसार प्रदेशका सवै वडामा एउटा स्वास्थ्य संस्था हुनुपर्ने व्यवस्था छ तर हाल सेवा प्रवाह गर्ने ८९२ वटा मात्रै संस्था रहेका छन् । प्रदेश राजधानी रहेको सुर्खेतको प्रदेश अस्पतालमै दरवन्दी अभाव देखिएको छ । ३२५ जनाको दरवन्दी रहेको प्रदेश अस्पतालमा १६३ जना मात्रै स्थायी कर्मचारी छन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC