janayatra

जर्मनीको आम निर्वाचनमा ८३ प्रतिशत मत खस्यो ।

Author जनयात्रा मङ्गलबार, १३ फागुन २०८१

views

नेपालजर्मनीमा आइतवार भएको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ । सन् १९९० मा जर्मन पुनः एकीकरण भएयताको सवैभन्दा धेरै मतदान भएको बताइएको छ । मतदानमा फ्रिडरिख मेर्ट्सले नेतृत्व गरेको कन्जर्भेटिभ पार्टीले निर्वाचममा अन्य दललाई पछि पार्दै जित हासिल गरेको छ ।  मेर्ट्स नेतृत्व भएको सीडीयू दलले सवैभन्दा वढी मत पाए पनि ३० प्रतिशत भन्दा कम मत रहेको छ । आप्रवासी सम्वन्धि कडा मुद्दा उठाएको एलिस वाइडल नेतृत्वको  अल्टर्नटिभ फर जर्मनी ( एएफडी ) दलले २० प्रतिशत मत सँगै द्रोस्रो ठुलो दल बनेको छ । मत परिणाम अनुसार एएफडीले देशको पुर्वी भागमा अरु दलभन्दा धेरै मत पाएको छ । सार्वजनिक प्रसारक संस्था जेडडीएफले गरेको सर्वेक्षणअनुसार यो दलले पूर्वी क्षेत्रमा ३४ प्रतिशत मत कटाउने देखाएको हो । सीडीयूले आफ्नो दलवाट चान्सलर वनाउन अर्को एउटा पार्टी सँग गठवन्धन गर्नुपर्ने छ । हालका चान्सलर ओलाफ शोल्ट्सले नेतृत्व गरेको सोशल डेमोक्र्याट दलले १६.४ प्रतिशत मत ल्याउदै चुनावमा नराम्रो हार वेहोरेको छ । शोल्ट्सले तीन वटा दलको गठवन्धन गरेर सरकार वनाएको भएपनी गत वर्ष ढलेको थियो । नयाँ जर्मन चान्सलर वन्ने मेर्ट्स हाल ६९ वर्षका भएपनी उनी यसअघि कहील्यै मन्त्री भएका छैनन् । मेर्ट्सले युरोपमा वलियो नेतृत्व दिने चुनावमा वाचा गरेका छन् । जर्मनको सैन्य वजेट घटाउनु पर्ने आन्तरिक दवावका विच मेर्ट्सले युक्रेनलाई सहयोग वढाउने घोषणा गरेका थिए । युक्रेनलाई सैन्य सहयोग गर्ने दोस्रो देश जर्मनी हो । जर्मनीमा ५ करोड ९२ लाख मानिसहरु मतदान गर्न योग्य छन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC