janayatra

टीपीएस खारेजीले अमेरीकामा हजारौँ नेपालीको विचल्ली हुदैँ ।

Author जनयात्रा आइतबार, ११ फागुन २०८१

views

नेपालअमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस आप्रवासनहरुलाई केही समयका लागि अमेरीकाभर काम गर्न दिने प्रणाली हो । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने देखिन्छ । टीपीएस सुविधा लिइराखेका हाल नेपाललगायत १७ देशका आप्रवासीहरूको स्थिति नाजुक हुने भएको छ । उनीहरू अबको केही महिनापछि अवैध हुनेछन् । अवैध आप्रवासीहरु या त आफै स्वदेश फर्कनुपर्नेछ या अमेरिकाले जवर्जस्ती स्वदेश फर्काउनेछ । अमेरिको कानुन अनुसार  टीपिएस वाहकको म्याद ६ महिना देखी डेढ वर्षसम्म हुन्छ र थप्दै जानुपर्दछ । प्राकृतिक विपत्ति सशस्त्र द्वन्दव र महामारी जस्ता कारणले आफ्नो देशवाट भागेर अमेरीका पुगेकाहरुलाई प्रदान गरीने अस्थायी अनुमति हो । अमेरीकी राष्ट्रपति जर्ज डव्लु वुसको कार्यकालमा सन् १९९० वाट यो व्यवस्था गरीएको थियो । ७ हजार ८ सय नेपालीहरुले यो सुविधा लिएको बताइन्छ । सन् २०१५ अर्थात २०७२ सालको भुकम्पअघि गैर कानुनी रुपमा अमेरिकामा वस्ने नेपालीलाई टिपीएसको सुविधा दिइएको थियो । टीपीएस वाहकले अगस्ट २५ भित्र अमेरिका छोडनुपर्नेछ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC