इन्डोनेशियाका विद्यार्थीहरु आन्दोलित ।
नेपाल–इन्डोनेशियाका विद्यार्थीहरुले सरकारी भवनमा गोवर छ्याप्दै विरोध गरेकाछन् ।
सरकारले शिक्षा र स्वास्थ्यक्षेत्रवाट वजेट काटेपछि हजारौँ विद्यार्थीहरुले देशभर
विरोध प्रदर्शन गरेहुन । प्रदर्शकै क्रमा सेन्ट्रल जाभाको सदरमुकाम सेमाराङमा
विद्यार्थीहरुले एउटा सरकारी भवनमा गोवर छ्यापिदिएका थिए । राष्ट्रपति प्रवोवो
सुवियान्ताले आफ्नो विर्वाचन प्रचारका वेला गरेको वाचाअनुसार विद्यालयमा नि:शुल्क खाजा वितरण गर्ने कार्यक्रमका लागि शिक्षा क्षेत्रको वजेट काटेको
विद्यार्थीहरुको आरोप छ । राष्ट्रपतिको कार्यालयले वजेटमा भएको परिवर्तनले शैक्षिक
क्षेत्रमा असर नगर्ने दावी गरेको छ । तर विद्यार्थीहरुले भने आन्दोलनमा सर्वसाधारण
जनतालाई समेत आन्दोलनमा सहभागी वनी साथ दिन आह्वान गरेकाछन् । स्रोत विविसि ।