janayatra

नेपालमा आत्महत्याको अवस्था भयावह बन्दै

Author जनयात्रा बिहिबार, ०८ फागुन २०८१

views
नेपालमा आत्महत्याको अवस्था भयावह बन्दै

नेपाल–नेपालमा आत्महत्या भयावह अवस्था वन्दैछ । पछिल्लो एक दशकमा तथ्याङ्कले देखाए अनुसार चाल आर्थिक वर्षको ६ महिनामा ३१३४ जनाले आत्महत्या गरेको प्रहरी विवरणमा उल्लेख छ । वर्सेनि झण्डै ६ हजार मानिसहरुले आत्महत्या गर्ने गरेको वताइन्छ । यो संख्यालाई हेर्दा पनि दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । मनोचिकित्सकका अनुसार सामाजिक जीवन तनावपुर्ण हुँदा मान्छेमा मानसिक समस्याहरु देखिन्छन् जसले मान्छेलाई आत्महत्या सम्म पुर्याउछ । समाज हरेक विषयमा निकै प्रतिस्पर्धी हुदाँ सानै उमेरमा शैक्षिक  र रोजगारीका निम्ति युवाहरु घरवाट टाढा वस्नु पर्ने र पारिवारिक एक्लोपनको समस्याले गर्दा पनि आत्महत्याको समस्या वढदै छ । मनोचिकित्सकका अनुसार मानसिक स्वास्थ्य सवैभन्दा महत्वपुर्ण हुन्छ तर राज्यले यस क्षेत्रमा पर्याप्त तयारी गरेको छैन । रोजगारीको अभाव गरीवि चेतनाको कमी लगाएतले मान्छे लागुपदार्थ दुर्व्यसनको सिकार बन्ने गर्दछ जो आत्महत्यासँग गएर जोडिने गरेको छ । प्रहरी अधिकारीहरुका अनुसार महिलाहरुको हकमा कम उमेरमा र पुरुषहरुमा उमेर घर्कँदै जाँदा आत्महत्याको प्रवृति वढ्ता देखिने गरेको छ । समाजमा वढदो नैराश्यता रोग र विचलन व्याप्त भएकाले पनि यो समस्या वढदै छ । आत्महत्या रोकथामका लागि सवैभन्दा महत्वपुर्ण विषय सचेतना मनोपरामर्श रोजगारी गरीविवाट मुक्ति सामाजिक सुरक्षाको प्रत्याभुति लगाएका क्षेत्रमा राज्यले गम्भिर रुपमा ध्यान दिनु पर्दछ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC