janayatra

८० जना सवार अमेरिकी विमान टोरन्टोमा दुर्घटना ।

Author जनयात्रा मङ्गलबार, ०६ फागुन २०८१

views
८० जना सवार अमेरिकी विमान टोरन्टोमा दुर्घटना ।

नेपालअमेरिको यात्रुवाहक विमान अवतरण गर्ने क्रममा जमिना उल्टो परेको छ । अमेरिकी सहर मिनिसोटावाट उडेको डेल्टा एअरलाइन्सको विमान क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा उल्टो परेको विमानमा ८० जना सवार थिए । विमानमा सवार सवै ८० जनाको उद्धार गरिएको अमेरिकी सङघीय उड्डयन प्रशासनले जनाएको छ । उक्त घटनामा १८ जनालाई अस्पताल पुर्याइएको छ भने एक वालक सहित तीन जनालाई गम्भीर चोट लागेको वताइएको छ । दुर्घटनाग्रस्त विमान टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमान स्थलको धावनमार्गमा छ । प्रहरी अधिकारीहरुले घटनाको कारण पत्ता नलागेको वताएकाछन् । क्यानडाको टोरन्टोमा यतिवेला कठ्याङ्ग्रिँदो जाडो र तीव्र गतिको चिसो हावा चलिरहेको छ । सातामा दुई वटा हिमआँधी चल्ने गरेको वताइन्छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC