janayatra

भारतमा अध्ययनरत प्रकृतिको होस्टेलमा मृत्यु ।

Author जनयात्रा मङ्गलबार, ०६ फागुन २०८१

views

नेपालभारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा नेपाली छात्राको मृत्यु भएको छ । मृतक छात्रा रुपन्देही जिल्लाकी प्रकृति लम्साल रहेको वताइएको छ । प्रकृति लम्साल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत थिइन् । प्रकृतिको मृत्यु पछि कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलवाट निकालेको वताइएको छ । मृतकको पोष्टमार्टम नहुदै र घटनाको सत्य तथ्य जाँच नहुदै केही भारतिय मिडियाले प्रकृतिको र एक छात्रसँग प्रेम सम्वन्ध रहेको वताइ रहेकाछन् । प्रकृतिको शव प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । भुवनेश्वरका डीसीपी पिनाक मिश्राका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा एक छात्रलाई नियन्त्रणमा लिइएको र ती छात्रसँग प्रहरीले सोधपुछ गरीरहेको जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार नेपाली विद्यार्थीलाई बोकेको दुई वटा बस कटक रेलवे स्टेशनमा पुगेका छन् । ती विद्यार्थीलाई नेपालतर्फ पठाइने जनाइएको छ । नेपाली छात्रहरुका अनुसार होस्टेल खाली गर्न भनियो । हामीलाई जबरजस्ती रेलवे स्टेशनमा ल्याइएको छ । विद्यार्थीहरुले २८ फेब्रुअरीमा परीक्षा दिनुपर्ने छ । प्रधानमन्त्रि केपी शर्मा ओली भारत सँग कुटनितिक तवरमा छलफल भइरहेको बताएकाछन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC