स्रोतको अभावमा वीपि राजमार्ग तत्काल पुनर्निर्माण नहुने ।
नेपाल–स्रोतको अभावमा वाढीले क्षेतिग्रत वीपी
राजमार्ग तत्कालै पुनर्निर्माण नहुने भएको छ । वीपी राजमार्ग पुर्वी नेपाललाई
काठमाडौँलाई जोडने मुख्य मार्ग हो । राजमार्गको स्थायी पुनर्निर्माणका लागि अझै
पनि स्रोत सुनिश्चित नभइसकेको र अर्थ मन्त्रालयबाट समेत रकम निकासा नभएको अधिकारीहरुले
वताएकाछन् । मन्त्रालयका अनुसार विपी राजमार्ग लगायत देशैभरी
बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको स्थायी रुपमा निर्माण, मर्मत र वैकल्पिक
सडकको निर्माणका लागि २५ अर्ब बराबर बजेट र स्रोत सुनिश्चितता मागिएको छ । भौतिक मन्त्रालयले
वीपि राजमार्गलाई अस्थायी भन्दा पनि सिधै स्थायी रुपमा पुनर्निर्माण थाल्ने योजना
बनाएको थियो । तर स्रोतको अभावमा अहिले हिउँदमा मात्र गाडी चल्ने गरी विपि
राजमार्गमा यातायात चलाइएको छ । सडक विभागका अनुसार बाढीले राजमार्गको १३
किलोमिटर खण्डमा बढि क्षति पुर्याएको छ । त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा
बगेको छ ।