janayatra

भारतलाई हराउदै नेपाली महिला फुटबल टिम फाइनलमा ।

Author जनयात्रा सोमबार, १२ कात्तिक २०८१

views
भारतलाई हराउदै नेपाली महिला फुटबल टिम फाइनलमा ।

नेपाल— काठमाडौँमा भएको खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीको १/१ गोल भएको थियो । मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो । खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई १/१ गोलको बराबरीमा पुर्‍याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले ४ तथा भारतले २ वटा मात्र गोल गर्न सक्यो । अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC