janayatra

इजरायलमा इरानको जबाफि हमला ।

Author जनयात्रा आइतबार, ०२ वैशाख २०८१

views

नेपालइरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ।गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो।इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अधिकारीहरुले बताएका छन्। अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी बार्णिज्य दुताबासमा इजरायलले हवाई आक्रमण गरेर कुद्स फोर्सका महत्वपुर्ण सैन्य कमाण्डर सहित सात जनाको ज्यान लिएको थियो।त्यसको बदलामा इरानले इजरायलमा जुनसुकै बेला आक्रमण गर्नसक्ने आँकलन गरीएको थियो ।आक्रमणले इजरायलमा तनावको स्थिति बनेको छ।आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ।यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल समेत गरेका छन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC