janayatra

पेट्रोल र डिजेलको मुल्य घट्यो।

Author जनयात्रा मङ्गलबार, ०२ माघ २०८०

views

नेपालनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको जनाएको छ।सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको छ। मुल्य घटेसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम हुनेछ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ हुनेछ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC