janayatra

रुसी सेनामा रहेका ३ जना नेपालीको मृत्यु।

Author जनयात्रा बुधबार, १८ पुस २०८०

views

नेपालरुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको समाचार आएकाछन् थप तिन जनाको मृत्यु सँगै रुसयुक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ परराष्ट्र मन्त्रालयले थप जनाको मृत्यु भएको जनाएको हो मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्था बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रुस जाने खबरहरु बाहिर आएकाछन् नेपाल सरकारले रुसी सेनामा नेपालीलाई सामेल नगर्न र भर्ना भएकाहरूलाई समेत यथाशीघ्र फिर्ता गर्न पटकपटक आग्रह गरेको छ प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसअघि नै करिब दुई सय नेपाली रुसी सेनामा भर्ना भएको उल्लेख गरिसकेका छन्

© 2026 janayatra.com All rights reserved. | Design by OWC