janayatra

बालकुमारी घटनामा दुई जना युवाको मृत्यु।

Author जनयात्रा शनिबार, १४ पुस २०८०

views

नेपालकोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले बालकुमारीमा गरेको प्रदर्शनका क्रममा प्रहरी सँग भएको झडपमा सुजन राउत र बिरेन्द्र शाहको मृत्यु भएको छ। सुजन राउतको गोली लागेर मृत्यु भएको प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली नलागेको बरु छातीमा दाग देखिएको छ। कोरियाको पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाहरुले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले बताए पछी परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत पनि गएका थिए । उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरे पछी अरु विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो भने केही राउण्ड गोलि चलाएको थियो। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आन्दोलित युवाहरुले सुरुमा हावा खुस्काएका थिए भने लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC