janayatra

पोखरामा विमान मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष।

Author जनयात्रा शुक्रबार, १३ पुस २०८०

views
पोखरामा विमान मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष।

नेपालपोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको गठित जाँचबुझ आयोगले निष्कर्ष निकालेर प्रतिवेदन बुझाएको छ। दुर्घना लगतै पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वमा जाँचबुझ आयोग गठन गरीएको थियो।आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ। आयोगमा हवाईविज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापा र आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका थिए। 

© 2026 janayatra.com All rights reserved. | Design by OWC