janayatra

होटल ब्यवसायलाई उद्योगको सुविधा दिन माग।

Author जनयात्रा सोमबार, ०९ पुस २०८०

views
होटल ब्यवसायलाई उद्योगको सुविधा दिन माग।

नेपालहोटल व्यवसायलाई उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न सम्वन्धित सरोकारवाला समितिले माग गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी समितिले यस्तो माग गरेको छ।औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको छ। हाल ऐनमा विदेशी ब्राण्डहरुले रोयल्टी वापत कुल बिक्रीको ५ प्रतिशत भन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहेको भन्दै सो सम्बन्धमा तत्काल सहजीकरण गरिदिन माग गरेको छ।अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुँदा विदेशी लगानी नेपाल भित्रिन तयार नभएको र हाल सञ्चालनमा रहेका होटलहरुबाट पनि बाहिरिने अवस्था सिर्जना भएको महासंघले गुनासो गरेको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC