janayatra

नेपाल सरकारको ऋण २३ खर्ब नाघ्यो।

Author जनयात्रा बिहिबार, ०५ पुस २०८०

views

नेपालनेपाल सरकारको सार्वजनिक ऋणको आकार २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ। जसमध्य आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड २२ लाख रुपैयाँ रहेको छ भने बाह्यतर्फ ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ भुक्तान बाँकी रहेको छ । नेपाल सरकारको पाँच महिनामा आन्तरिक र बाह्य गरी कूल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ ऋण लिएको छ। जसमध्ये अधिकतम ८४.७९ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । बाँकी १९ अर्ब ९७ करोड २ लाख रुपैयाँ बाह्य ऋण उठाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण कूल २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC