janayatra

सरकारले समर्थन मूल्य नतोक्दा उखु किसान मर्कामा।

Author जनयात्रा बुधबार, ०४ पुस २०८०

views

नेपालसरकारले न्यूनतम समर्थन मूल्य नतोकदा किसानको बारीमै उखु सुक्न थालेको छ बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्नुपर्नेमा बाली भित्र्याउने वेलासम्म पनि निर्णय नहुँदा उखु किसानहरु पिडामा छन्।  मंसिरको पहिलो सातादेखि उखु क्रसिङ गर्न सुरु हुन्छ तर, समयमा क्रसिङ भएन भने उखुबाट चिनी उत्पादन क्षमतामा ह्रास आउन थाल्छ।उखु रोप्नुअघि नै समर्थन मूल्य तोक्नुपर्छविगतजस्तै यो वर्ष पनि क्रसिङको समय ढिला हुन थालिसक्योयो वर्ष उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल सात सय ५० रुपैयाँ हुनुपर्ने किसानको माग छ तर, यसमा सरकार र उद्योगी सकारात्मक नहुँदा समर्थन मूल्य तोक्न ढिलाइ भइरहेको छ

© 2026 janayatra.com All rights reserved. | Design by OWC